लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व संकलन हुने अर्थमन्त्रीको दावी

लक्ष्यभन्दा दुई सय गुणा बढी राजस्व संकलन हुने अर्थमन्त्रीको दावी



सिन्धुपाल्चोक । अर्थमन्त्री जनार्दन शर्माले तोकिएको भन्दा दुई सय गुणा बढी राजस्व संकलन गर्ने आफ्नो लक्ष्य रहेको बताउनुभएको छ । हिजो सिन्धुपाल्चोकस्थित चीनसँगको तातोपानी सीमा नाका र भन्सार कार्यालयको निरीक्षणपछि मन्त्री शर्माले सो कुरा बताउनुभएको हो ।

मन्त्री शर्माले विभिन्न चुनौतीकाबीच राजस्व संकलन दोब्बर बनाउने लक्ष्य रहेको जानकारी पनि दिनुभयो । मन्त्री शर्माले तातोपानी नाकाको पूर्वाधार विकासका लागि अर्थ सचिव र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिवबीच छलफल गरी लगानीका लागि ठोस योजना बनाउन समेत निर्देशन दिनुभयो ।

नाका तथा भन्सार कार्यालयको निरीक्षणमा पुग्नुभएका मन्त्री शर्माले चीन सरकारको सहयोगमा निर्मित सुख्खा बन्दरगाहको समेत निरीक्षण गर्नुभएको थियो । कोरोना महामारीका कारण हाल तातोपानी नाका प्रायः बन्द रहेको छ ।