माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय

माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय



काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका विद्यालय बन्द गर्ने निर्णय गरेको छ। मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बनद गर्ने निर्णय गरेको हो ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माका अनुसार कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र सिसिएमसीले पछिल्लो समय कोरोना संक्रमण बढेपछि माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने आइतबार सिफारिस गरेपछि बन्द गर्ने निर्णय भएको हो । भोलि मंगलबारबाट माघ १५ सम्म देशभरका विद्यालय बन्द हुने जनाइएको छ ।

सिसिएमसीको बैठकले सार्वजनिक स्थानमा २५ जनाभन्दा बढी भेला हुने गरी मेला महोत्सव नगराउने गरी भीड रोक्न समेत गृह मन्त्रालयलाई सिफारिस गर्ने निर्णय गरेको थियो।