प्रशान्त महासागरमा ज्वालामुखी विष्फोटका कारण सुनामीको खतरा

प्रशान्त महासागरमा ज्वालामुखी विष्फोटका कारण सुनामीको खतरा



प्रशान्त महासागरभित्र ज्वालामुखी विष्फोट हुँदा सुनामीको खतरा बढेसँगै अमेरिका र जापानले तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकहरुलाई सुरक्षित स्थानमा जान निर्देशन दिएका छन् ।

प्रशान्त महासागरको टोंगा नजिकै ज्वालामुखी विष्फोट भएको बताइएको छ । ज्वालामुखी विष्फोटका कारण तटीय क्षेत्रमा दशकयताकै विशाल सुनामी आउने संकेत देखिएको अमेरिकाको राष्ट्रिय मौसम सेवाले जनाएको छ ।

पश्चिम तटीय क्षेत्र बढी प्रभावित हुन सक्ने भन्दै सो क्षेत्रलाई खाली गरिंदैछ । केही क्षेत्रमा सुनामीको असर देखिन थालिसकेको छ । कयौं फिट अग्लो बाढी आउन सक्ने बताइएको छ ।

तटीय क्षेत्रमा सुनामीका कारण खतरनाक बाढी आउने भन्दै सो क्षेत्रका नागरिकलाई चेतावनी दिइएको छ । समुद्री तटबाट टाढा रहन आग्रह गरिएको छ । जापानले ती मिटरभन्दा अग्ला छालहरु आउन सक्ने बताएका छ ।

जापानको दक्षिणी क्षेत्रमा १ दशमलव २ मिटर अग्ला छाल आइसकेको अवस्था छ । अमेरिकाले पनि तीब्र गतिको हावाहुरी र बाढी आउने भन्दै नागरिकहरुलाई सचेत गराएको छ ।

मतदान गर्न

बाँकी