भारतद्वारा अन्तर्राष्ट्रिय उडान स्थगित

भारतद्वारा अन्तर्राष्ट्रिय उडान स्थगित



कोभिड-१९ महामारी पुनः फैलिन थालेपछि फेब्रुअरी २८ सम्मका लागि भारतबाट बाहिर जाने र अन्य मुलुकबाट भारत आउने सम्पूर्ण अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको छ । तीब्र रुपमा फैलिरहेको कोरोनाको जोखिम कम गर्न भारतले उडान स्थगित गरेको भारतीय उड्डयन अधिकारीहरूले जानकारी दिएका छन् ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले जारी गरेको परिपत्रअनुसार नागरिक उड्डयनसँग सम्बन्धित निकायबाट स्वीकृति लिएका र सबै कार्गो सञ्चालन तथा उडानका लागि यो प्रतिबन्ध लागू हुने छैन । पछिल्लो निर्णय अनुसार भारतबाट विदेश जाने र विदेशबाट भारत आउने अन्तर्राष्ट्रिय वाणिज्य यात्रु सेवालाई फेब्रुअरी २८ को मध्य राति १२ बजेसम्मका लागि विस्तार गर्ने निर्णय गरिएको छ ।

तर ‘एअर ववल’ प्रबन्ध अन्तर्गत् दुई देशबीच सम्झौता भएर संचालन हुने उडानहरू भने यस निर्णयबाट प्रभावित नहुने बताइएको छ । बढ्दो कोभिड सङ्क्रमणको फैलावटलाई नियन्त्रण गर्न भारतले सन् २०२० मार्च को अन्त्यतिर राष्ट्रव्यापी लकडाउनका साथै अन्तर्राष्ट्रिय तथा राष्ट्रिय उडानहरू स्थगित गरेको थियो । तर झण्डै दुई महिनापछि २५ मे, २०२० देखि घरेलु उडान पुनः सञ्चालनमा ल्याएको थियो ।