पूर्वी युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश

पूर्वी युक्रेनमा रुसी सेना पठाउन पुटिनको आदेश



मस्को। रुसी राष्ट्रपति भ्लादमिर पुटिनले विखन्डनकारीहरुको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा रुसी सेना पठाउन आदेश दिएका छन् । स्वतन्त्र राज्य घोषणा गरेपछि राष्ट्रपति पुटिनले दोनेत्स्क र लुहान्सकमा सेना पठाउन आदेश दिएका हुन् । बिखन्डनकारीको नियन्त्रमा खटाइने सेना शान्ति अभियानमा लाग्ने रसियाले बताएको छ । तर, अमेरिकाले त्यसलाई बकबास भन्दै युद्धको बहाना भनेको छ ।

दोनेत्स्क र लुहान्सकमा बिखन्डनकारीहरुले युक्रेनी सेनाविरुद्ध सन् २०१४ देखि लडिरहेका छन् । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्किीले रुसले आफ्नो सार्वभौमसत्ता उल्लंघन गरेको आरोप लगाएका छन् ।