विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड नाघ्यो

विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड नाघ्यो



काठमाडौं । विश्वभर कोरोना भाइरसको संक्रमण पुष्टि हुनेको संख्या ४४ करोड नाघेको छ । गत २४ घण्टामा १५ लाख ७७ हजार संक्रमित थपिएसँगै विश्वभर कोरोना पुष्टि हुनेको संख्या ४४ करोड २ लाख ७४ हजारभन्दा धेरै भएको कोरोनाको तथ्याङ्क अद्यावधिक गरिरहेको वल्डोमिटरले जनाएको छ । जसमध्ये ३७ करोड २९ लाख निको भइसकेका छन् । गत २४ घण्टामा मात्रै १८ लाख ७९ हजार निको भएका छन् । यस्तै ७ हजार ७ सयको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या ५९ लाख ९२ हजार नाघेको छ ।