युरोपकै ठूलो उर्जा केन्द्रमा रुसी सेनाले आक्रमण गरेको आशंका

युरोपकै ठूलो उर्जा केन्द्रमा रुसी सेनाले आक्रमण गरेको आशंका



रुसी सेनाले युक्रेनस्थित युरोपकै सबै भन्दा ठूलो आणविक उर्जा केन्द्रमा आक्रमण गरेको आशंका गरिएको छ । युक्रेनको जापोरिजियास्थित आणविक उर्जा केन्द्रतर्फ रुसी सेना अघि बढेको खबर आईरकेको बेला उक्त उर्जा केन्द्रमा आगो लागेको जानकारी स्थानीय अधिकारीहरुले दिएका हु्न् ।

युक्रेनका विदेशमन्त्री दिमोत्री कुलेबाले आज शुक्रबार बिहान ट्वीट गर्दै आणविक उर्जा केन्द्रमा आगो लागेको खबर स्थानीय शहर इनरगोदारका मेयरले दिएको भन्दै तत्काल आगो निभाउन रुसी सेनालाई आग्रह गर्नुभएको हो ।

उक्त आणविक केन्द्रबाट युक्रेनको एक तिहाइ उर्जा आपूर्ति हुँदै आएकोथियो । गएराती इनरगोदार शहरका मेयर दिमित्रो ओर्लोभले ठूलो संख्यामा रुसी सेना आणविक केन्द्रतर्फ गईरहेको जानकारी दिएका अन्तर्राष्ट्रिय आणविक उर्जा एजेन्सीले रुसी आणविक केन्द्रमाथि कुनै क्षति नपुर्याउन रुसी सेनालाई आग्रह गरेकोथियो ।

यसैबीच युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसंग एक्लाएक्लै वार्ता गर्ने प्रस्ताव राख्नुभएको छ । रुसी आक्रमण जारी रहँदा बढ्दै गएको मानवीय संकटलाई मध्यनजर राख्दै जेलेन्स्कीले पुटिनसंग एक्लै वार्ता गर्ने प्रस्ताव राख्नुभएको हो ।

रुसी राष्ट्रपति पुटिनको तर्फबाट भने कुनै प्रतिक्रिया आएको छैन् ।