निर्माण व्यवसायी महासंघमा एसोसियट ३९ जना निर्विरोध

निर्माण व्यवसायी महासंघमा एसोसियट ३९ जना निर्विरोध



काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको थिङ्क ट्यांकको रुपमा रहेको एसोसियटबाट ३९ जना प्रतिनिधि निर्विरोध चयन भएका छन् । वर्तमान अध्यक्ष रवि सिंह, वरिष्ठ उपाध्यक्ष निकोलस पाण्डे, पूर्वअध्यक्ष जयराम लामिछाने, रमेश शर्मालगायतबाट अध्यक्षको दाबेदारी आउने सम्भावना छ ।

एसोसियटबाट निर्विरोध हुनेहरुमा विष्णु बुढाथोकी, रामप्रसाद मैनाली, टोपबहादुर श्रेष्ठ, जयराम लामिछाने, शिवहरि घिमिरे, टंकप्रसाद चौलागाईं, सुशीलकुमार श्रेष्ठ, नरहरि थपलिया, एनसी शेर्पा, उज्जवल गौतम, विनोद भट्टराई, रमेशबहादुर अधिकारी, रेवन्त बस्नेत, खड्कबहादुर बुढाथोकी, लालकाजी अकेला गुभाजु, गेल्जे लामा, रमेश शर्मा, भद्रबहादुर शाही, निकोलस पाण्डे, लक्ष्मी बस्नेत (कार्की), गेल्जे लामा, आङदोर्जे (एडी) लामा, रवि सिंह, रामजी पन्त (मुकेश), भाइराजा श्रेष्ठ, अनिल सिलवाल, दिनेश रिजाल, राजेन्द्र मानन्धर, शिवशक्ति भट्टराई, मोहन कार्की, रामकुमार थापा, सुमन सुवेदी, नन्दकुमार राजभण्डारी, विष्णभाइ श्रेष्ठ, कुमारध्वज कार्की, यक्षध्वज कार्की, सोमप्रकाश प्रसाई, अच्युतप्रसाद खरेल र कृष्णबहादुर लामा छन् ।

नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौं फागुन २७ र २८ गते हुने २३ औं वार्षिक साधारणसभा र १२ औं अधिवेशनले नयाँ नेतृत्व छनोट गर्नेछ । ७७ जिल्ला, ७ प्रदेश, एक एसोसियट र एक वस्तुगत संघबाट करिब १२ सय प्रतिनिधि अधिवेशनमा सहभागी हुने छन् ।

अधिवेशनका लागि महासंघले निर्वाचन कार्यतालिकासमेत सार्वजनिक गरिसकेको छ । २७ गत मतदाता नामावली प्रकाशन गर्ने, दाबी विरोध गर्ने, दाबी विरोधको जाँचबुझ गर्ने र अन्तिम नामावली प्रकाशित हुनेछ । २८ गते उम्मेदवार मनोनय दर्ता, उम्मेदवारको प्रथम नामावली प्रकाशन गर्ने, उम्मेदवारी उपर दाबी विरोध गर्ने र उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । २९ गते बिहान ८ बजेबाट मतदान सुरु हुने कार्यतालिका महासंघले सार्वजनिक गरेको छ ।