यमनमा ८० हुथि विद्रोही मारिए

यमनमा ८० हुथि विद्रोही मारिए



यमनको सरकारको सुरक्षा कारबाहीका क्रममा थप ८० जना हुथि विद्रोही मारिएका छन् । देशको हज्जाह प्रान्तमा पछिल्लो ७२ घण्टामा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।

सरकारको नियन्त्रणमा रहेको त्यस क्षेत्रबाट सरकारी सुरक्षाकर्मीहरूले विद्रोहीहरूका सवारी साधन लगायत पनि बरामद गरेको छ ।

विद्रोहीहरूले आक्रमणको तयारी गरिरहेको सूचनाका आधारमा आक्रमण गर्दा उनीहरु मारिएको सरकारी अधिकारीहरूले जनाएका छन् ।