रुस–युक्रेन तेस्रो चरणको वार्ताः रुसले युद्ध अन्त्यका लागि राख्यो ४ शर्त

रुस–युक्रेन तेस्रो चरणको वार्ताः रुसले युद्ध अन्त्यका लागि राख्यो ४ शर्त



एजेन्सी । रुसले युद्ध अन्त्यका लागि युक्रेनसमक्ष ४ ओटा शर्त राखेको छ । युद्धको १२ औँ दिनमा हिजो भएको दुई देशबीचको वार्ताको क्रममा जारी रुसले ४ ओटा शर्त माने युद्ध अन्त्य गर्न आफू तयार रहेको बताएको छ ।

बेलारुसमा भएको वार्ताको क्रममा रुसले युक्रेनलाई सैन्य कारबाही बन्द गर्नुपर्ने, संविधान संशोधन गरेर कुनैपनि सैन्य सङ्गठनमा सहभागि हुन नपाउने, क्रिमियालाई रुसको भाग रहेको भनेर मान्यता दिनुपर्ने र पूर्वी युक्रेनको डोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र देशको मान्यता दिनुपर्ने शर्त राखेको छ ।

रुसको यस शर्तमा युक्रेनले हालसम्म कुनैपनि प्रतिक्रिया जनाएको छैन । युद्धको प्रमुख कारणको रुपमा युक्रेन नेटो सेनामा सहभागि हुन लागेको र क्रिमियालाई रुसको भागको रुपमा मान्यता नदिनुलाई लिइएको छ । रुस–युक्रेन युद्धको १२ औँ दिनसम्म १७ लाख नागरिकले युक्रेन छाडिसकेका छन् । संयुक्त राष्ट्र सङ्घ शरणार्थी एजेन्सीका अनुसार जारी युद्धमा ४ सयभन्दा बढी सर्वसाधारणको मृत्यु भएको छ । जसमा ४० जना बालबालिका रहेका छन् । युद्धमा हालसम्म ८ सयभन्दा बढी सर्वसाधारण घाइते भएका छन् ।