राईड शेयरिङ एप जायर सार्वजनिक, अरु भन्दा के के फरक छन् सुविधाहरु ?

राईड शेयरिङ एप जायर सार्वजनिक, अरु भन्दा के के फरक छन् सुविधाहरु ?



काठमाडाैं । राइड शेयरिङ एप जायर सार्वजनिक भएको छ । नारी दिवसको अवसरमा मंगलबार एक कार्यक्रम आयोजना गर्दै जायर एप सार्वजनिक गरिएको हो ।

जायर एपबाट ट्याक्सी र मोटरसाइकल बुकिङ गर्न सकिने छ । एपमा जायर पिंकको सुविधा समेत रहेको छ, जुन सुविधाको प्रयोग गरी महिला प्रयोगकर्ताले महिला राईडर बोलाउन सक्नेछन् । 

त्यस्तै यसमा जायर प्रिमियमको सेवा पनि छ । जायर एपमा छिट्टै डेलिभरीको सुविधा उपलब्ध कम्पनीले जनाएको छ । कम्पनीले यसमा आवद्ध हुने राईडरका लागि आर्थिक सहयोग र स्वास्थ्य चेकअप गर्न जायर फाउन्डेसन सिर्जना गरेको छ ।

शुरूवाति समयमा कमिसन नलिने पनि कम्पनीले जानकारी दिएको छ । साथै चालकका लागि इन्स्योरेन्सको व्यवस्था समेत गरेको छ । जायरको बारेमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् ।