भारतमा विधानसभाअन्तर्गत पाँच राज्यमा आज मतगणना हुँदै

भारतमा विधानसभाअन्तर्गत पाँच राज्यमा आज मतगणना हुँदै



नयाँ दिल्ली । भारतमा विधानसभा निर्वाचन अन्तर्गत पाँच राज्यमा आज मतगणना हुँदैछ । उत्तर प्रदेश, पञ्जाब, उत्तराखण्ड, गोवा र मणिपुरमा सम्पन्न निर्वाचनको गणना शुरू हुन लागेको हो । मतगणनाका लागि निर्वाचन आयोगले हरेक जिल्लामा एउटा मतगणना केन्द्र बनाएको छ ।

त्यस्तै प्रत्येक गणनास्थलमा सुरक्षा व्यवस्था उच्च पारिएको छ । उत्तर प्रदेशमा ७५ वटा गणना केन्द्र रहेका छन् । गणना भारतीय समय अनुसार बिहान आठ बजे शुरू हुने बताइएको छ । भारतमा भएका मत सर्वेक्षण अनुसार पाँच वटै राज्यमा सत्तारुढ भारतीय जनता पार्टीको सरकार बन्ने देखिएको छ ।