रुसले युक्रेनमा जैविक हतियारको योजना गर्न सक्छः ह्वाईट हाउस

रुसले युक्रेनमा जैविक हतियारको योजना गर्न सक्छः ह्वाईट हाउस



न्युयोर्क । रुसले युक्रेनमा रसायनिक वा जैविक हतियारको योजना गर्न सक्ने अमेरिकी राष्ट्रपतिको कार्यलय ह्वाईट हाउसले आशंका गरेको छ । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले रुसले जैविक हतियारको योजना गर्न सक्ने आशंका गर्दै त्यसतर्फ सतर्क रहन आग्रह गरेकी हुन् । ह्वाइट हाउसकी प्रेस सेक्रेटरी जेन साकीले अमेरिकी जैविक हतियार प्रयोगशाला र युक्रेनमा रासायनिक हतियार विकासको बारेमा रुसको दाबी भने निराधार भएको बताइन ।

उक्त झुटो दाबी अप्रत्याशित आक्रमणहरूलाई जायज ठहराउने एउटा ‘स्पष्ट रणनीति’ भएको उनको भनाई छ । पश्चिमेली अधिकारीहरुले रुसले जैविक हमला गरेको हुन सक्ने आशंका जनाइरहेका बेला उनको भनाई आएको हो । युद्ध बढ्न सक्ने जोखिम र विशेषत रसियाले गैर–परम्परागत हतियार प्रयोग गर्ने सम्भावनाबारे आफूहरु ‘धेरै चिन्तित’ भएको ती अधिकारीहरुले बताएका थिए ।