चेल्सीका रसियन मालिक बेलायत सरकारबाट प्रतिबन्धित

चेल्सीका रसियन मालिक बेलायत सरकारबाट प्रतिबन्धित



लन्डन । इंग्लिस फुटबल क्लब चेल्सीका रसियन मालिक रोमन अब्रामोभिचलाई बेलायत सरकारले प्रतिबन्ध लगाएको छ । रुसले युक्रेनमाथि आक्रमण गरेको विरोधमा रुसी सरकारका वरिष्ठ अधिकारी एवं अर्बपतिहरु यतिबेला युरोपियन तथा अमेरिकी सरकारको निशानामा परिरहेका छन् ।

बेलायत सरकारले बिहीबार चेल्सीका मालिक अब्रामोभिचसहित केही धनाढ्यलाई प्रतिबन्धमा राखेको हो ।