सुनको मूल्य ताेलामा दुई हजार तीन सय रुपैयाँले घट्याे

सुनको मूल्य ताेलामा दुई हजार तीन सय रुपैयाँले घट्याे



काठमाडौँ । सुनको भाउ मंगलबार तोलामा दुई हजार तीन सय रुपैयाँले घटेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको भाउ तोलाको एक लाख पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे छ । सोमबार छापावाल सुन तोलाको एक लाख दुई हजार आठ सय रुपैयाँमा किनबेच भएकाे थियो । मंगलबार तेजावी सुनको भाउ तोलाको एक लाख रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ पनि तोलामा ४५ रुपैयाँले घटेको छ । सोमबार एक हजार ४२५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार एक हजार तीन सय ८० रुपैयाँमा निर्धारण भएको छ ।