रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’

रिजाल र शेरचनलाई ‘वानीरा पुरस्कार’


ग्लोब नेपाल
243
Shares

काठमाडाैं । नेपाली भाषासाहित्यको श्रीवृद्धिका लागि काव्यसाधनामा निरन्तर समर्पित रहँदै विशेष गरेर नेपाली कविताको संवर्धनमा अति विशिष्ट योगदान दिनुहुने सुप्रसिद्ध साहित्यकार श्री कालीप्रसाद रिजाललाई ‘वानीरा प्रज्ञापुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीका स्मृतिमा स्थापित ‘वानीरा प्रज्ञापुरस्कार’को राशि एक लाख रुपियाँ रहेको छ । नेपाली भाषामार्फत साहित्य साधनामा निरन्तर समर्पित रहँदै मुख्यतः नेपाली कविताको विकासमा विशिष्ट योगदान गर्नुहुने मुक्तक सम्राज्ञी श्रीमती उषा शेरचनलाई पचास हजार रुपियाँ राशि सहित ‘वानीरा पुरस्कार’ समर्पण गर्ने निर्णय भएको छ ।

डा.वानीरा गिरीको ७९ औँ जयन्तीका अवसरमा आगामी वैशाख २० गते काठमाडौंमा वानीरा फाउन्डेसन भवनको उद्घाटन हुने भएको छ । सोही अवसरमा वाङमय शताब्दी पुरुष डा.सत्यमोहन जोशीबाट यी दुवै पुरस्कार समर्पण हुनेछन् । वानीरा फाउन्डेसनका संस्थापक तथा संरक्षक ई.शङ्कर गिरीको उपस्थितिमा अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा बसेको वानीरा फाउन्डेसनको बैठकले उक्त निर्णय गरेको हो ।