विधवा

विधवा



शोकले उनको अनुहार विक्षिप्त छ
चितुवाका झैं पाइला
एकाएक कछुवाको चाल झैं छन् ,
उनकै सम्झनामा आँशु झरिरहेका छन् उनका ।

कुनै चिज मनमोहक लाग्दैनन् उनलाई
विष्मरणमा सुन्दर देखिए पनि
त्यो मात्र सम्झना भएको छ
तै पनि लामो निन्द्रामा गइसकेको ऊ
बिउँझिने व्यर्थ झिनो आशा गर्दै छिन् उनी ।

गहभरी आँशु, सेतो कपडाले ढपक्क छोपिएको शरीर
पिरले थिचिएको मन
साँच्चै एउटा फुलमा सुवासको कमी जस्तै
सहजै स्पर्श गर्न सकिन्थ्यो उनी भित्र ।

अत्याधिक घाम, वर्षा, हावा, हुरी लागे जस्तै
संगाल्दै थिइन् उनी विगतका सुन्दर छालहरु,
तर, उनी सुमधुर जीवनको बाँसुरीको धुन खोज्न नसक्ने भएकी छिन्।

शौभाग्य लुटिएकी उनी
आफ्नो पाउमा अडिन नसक्ने भएकी छिन्।
अरु रङ्गबाट बञ्चित गराउने समाजको
त्यही सेतो कपडामा पनि घिन लाग्दो दृष्टिकोण छ,
आखिर सिन्दुर पोते, रातो रङ्ग लुटिनु उनको दोष थिएन ।