१८३ स्थानीय तहले अझै पेश गरेनन् बजेट 

१८३ स्थानीय तहले अझै पेश गरेनन् बजेट 


ग्लोब नेपाल
81
Shares

‍काठमाडौं । असार मसान्तसम्म पेश गरिसक्नु पर्ने बजेट साउन ६ गतेसम्म आइपुग्दा पनि अझै १८३ वटा स्थानीय तहले पेश गरेका छैनन् । 

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले समयभित्र बजेट पेश नगर्ने स्थानीय तहलाई एकसाथ पत्र लेख्दै बजेट स्वीकृत गरी अद्यावधिक गराउन आदेश दिएको छ । कूल ७५३ स्थानीय तहमध्ये हालसम्म ५७० वटाले बजेट पेश गरी अद्यावधिक जानकारी उपलब्ध गरेको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश १ मा २७, मधेश प्रदेशमा ६१, बागमती प्रदेशमा २९, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा २२, कर्णाली प्रदेशमा १४ र सुदूरपश्चिम प्रदेशमा २१ वटा रहेका छन् । 

हालसम्म प्रदेश १ मा ११०, मधेश प्रदेशमा ७५, बागमती प्रदेशमा ९०, गण्डकी प्रदेशमा ७६, लुम्बिनी प्रदेशमा ८७, कर्णाली प्रदेशमा ६५ र सुदूरपश्चिम प्रदेशमा ६७ वटा स्थानीय तहले बजेट पेश गरिसकेका छन् ।