मालिका केशरीलाई म्यूजिक खबर साहित्य सम्मान

मालिका केशरीलाई म्यूजिक खबर साहित्य सम्मान


ग्लोब नेपाल
297
Shares

काठमाडौं । चर्चित साहित्यकार मालिका केशरी (प्रकाश कुमार श्रेष्ठ) म्यूजिक खबर साहित्य सम्मानबाट सम्मानित भएका छन् । विगत लामो समयदेखि नेपाली कला साहित्य लेखनका माध्यमबाट उनले पुऱ्याएको योगदानकाे कदर गर्दै दशौं म्यूजिक खबर म्यूजिक अवार्ड कार्यक्रममा सम्मान गरिएकाे हाे । पूर्व उपप्रधान तथा उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री एवम् प्रमुख अतिथि राजेन्द्र लिङ्देनले आज उक्त सम्मान अर्पण गरेका हुन् ।

केशरी नेपाली साहित्यमा “पुनरूत्थान”, “सुवर्णलता” एवं “दुङाल” लगायतका उत्कृष्ट कृति लेखेर साहित्य क्षेत्रमा नवीनतम प्रयोग गरी नेपाली भाषा, साहित्य र कलालाई समाजसँग जोड्दै साहित्यिक क्षेत्रको उत्थानमा सक्रिय छन् ।