कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला

कालिन्चोक दर्शन र एसियन हाइड्रोपावरको सेयर कारोबार खुला



काठमाडौं । कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावरको सेयर कारोबार बिहीबारदेखि नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सुरु भएको छ । ‘केडीएल’ र ‘एएचएल’ संकेतमा सेयर कारोबार सुरु भएको छ ।

कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ । उक्त भाउलाई आधार मानेर कारोबार हुनेछ । नेप्सेले कालिन्चोकको पहिलो कारोबारका लागि प्रतिकित्ता ७८.१५ रुपैयाँदेखि २३४.४५ रुपैयाँसम्म रेन्ज तोकेको थियो । सोही रेन्जभित्र रहेर यसको कारोबार खुला भएको हो । 

यता, एसियन हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २९८.८० रुपैयाँमा भएको छ । सोही भाउलाई आधार मानेर यसको नियमित कारोबार हुनेछ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९९.६० रुपैयाँदेखि २९८.८० रुपैयाँ तोकेको थियो । सोही रेन्जको विन्दुबाट सेयर कारोबार खुला भएको हो ।

नेप्सेमा यी दुवै कम्पनीको सेयर बुधबार सूचीकृत भएको थियो । कालिन्चोक दर्शनको चुक्ता पुँजीका आधारमा कायम कुल ६० लाख कित्ता र एसियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको हो ।