लामिछानेको अन्त्येष्टी सम्पन्न

लामिछानेको अन्त्येष्टी सम्पन्न


ग्लोब नेपाल
2.1k
Shares

अमेरिका । नेपाली अमेरिकी समुदायका एक क्रियाशील सामाजिक व्यक्तित्व स्वर्गीय कृष्ण लामिछानेको टेक्सासमा दाहसंस्कार सम्पन्न गरिएको छ। उनको पार्थिव शरीरमा दुई छोरीले दागबत्ती दिएका थिए। अन्त्येष्टी पूर्व लामिछानेको पार्थिव शरीरलाई अन्तिम श्रद्धान्जलीका लागि स्थानीय एक शवदाह गृहमा राखिएको थियो।

लामिछानेलाई अन्तिम श्रद्धान्जली व्यक्त गर्न टेक्सासका स्थानीय नेपालीहरुको बाक्लो उपस्थिति रहेको थियो। अत्यन्त भावविव्हल माहौलमा सहभागीहरुले स्वर्गीय लामिछानेप्रति फुल चढाएर श्रद्धान्जली व्यक्त गरेका थिए। ‘कसैको आँखा ओभानो थिएन, आफ्नो समुदायका एक असल सदस्य गुमाउनु पर्दाको पीडाले शोकको त्यो माहौल अत्यन्त भावविव्हल बनाउने खालको थियो’अन्तिम श्रद्धान्जली व्यक्त गरेर आँखा पुछ्दै निस्केका एक स्थानीय सहभागीले भने। लामिछाने स्थानीय नेपाली समुदाय, नेपाली जनसम्पर्क समिति र एनआरएनमार्फत सक्रिय थिए।

गत मंगलवार लामिछाने डालसस्थित आफ्नै निवासमा मृत अवस्थामा फेला परेका थिए। उनको निधनपछि सार्वजनिक भएका केही तस्वीर र भिडियोले उनको निधनप्रति शंका र आशंका उत्पन्न गराएको छ। सामाजिक संजालमा पनि लामिछानेको अप्रत्यासित निधन बारे निकै चिन्ता व्यक्त गरिएको छ। समाचारमा प्रयोग भएका तस्बिर युएस खबरबाट लिएका हुन् ।

थप समाचार-

अमेरिकामा कृष्ण लामिछानेको अन्त्यष्टिको तयारी

कृष्ण लामिछानेको अन्त्यष्टि शनिबार

एनआरएनए अभियन्ता कृष्ण लामिछाने अमेरिकामा मृत भेटिए