सामाखुसी साहित्य समाजकाे नियमित साहित्यिक कार्यक्रम सम्पन्न

सामाखुसी साहित्य समाजकाे नियमित साहित्यिक कार्यक्रम सम्पन्न


ग्लोब नेपाल
54
Shares

काठमाडाैं । सामाखुसी साहित्य समाजद्वारा नियमित सञ्चालन भइरहेको साहित्यिक कार्यक्रम कवि गोष्ठी यसपटक सामाखुसी लिङ्कन कलेजमा सम्पन्न भयाे । समाजका अध्यक्ष भाग्यशाली अधिकारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको प्रमुख आतिथ्यता प्रा. डा. देवीप्रसाद सुवेदीले गरेका थिए । कार्यक्रममा वाचित कविताको समीक्षा मर्स्याङ्दी वाङ्मय प्रतिष्ठानका अध्यक्ष विजयराज न्यौपानेद्वारा भएको थियो ।

दिनेश विक्रम थापाद्वारा सञ्चालन भएको कार्यक्रममा कृष्णदेव रिमालले स्वागत भाषण गरेका थिए । सो कार्यक्रममा डा. मेघराज ढकाल, डा. सत्यराज थपलिया, गङ्गाप्रसाद भेटवाल, कृष्णदेव रिमाल, चन्द्रवदना घिमिरे, राजनप्रसाद न्यौपाने, सरस्वती गौतम, सुशीला ढकाल अधिकारी, तारा के सी, टेकबहादुर केसी, धरणीधर गुरागाईं, शिवप्रसाद आचार्य, वीरबहादुर लोहनी, उत्तम विचार, वासुदेव ठकुरी, महेशप्रसाद रिजाल, घनश्याम प्रसाईँ, कृष्णप्रसाद पौडेल, लुमडीप्रसाद खनाल, हरिश्चन्द्र गौतम, विमुन्स पौडेल, देवी प्रसाद मिश्र, लक्ष्मीप्रसाद पराजुली, गीता निरौला, बद्रीप्रसाद सुवेदी आदिले कविता वाचन गरेका थिए । बत्तीस जनाको सहभागिता रहेको कार्यक्रम कार्यक्रम भव्य र सभ्य रमणीयता पूर्वक सम्पन्न भएको थियाे ।