आईपीओ निष्कासन प्रस्तावसहित कान्तिपुर टेलिभिजन नेटवर्क विशेष साधारणसभा बस्दै

आईपीओ निष्कासन प्रस्तावसहित कान्तिपुर टेलिभिजन नेटवर्क विशेष साधारणसभा बस्दै



काठमाडौं । कान्तिपुर टेलिभिजन नेटवर्क कम्पनी लिमिटेडको विशेष साधारणसभा आज बस्दैछ । सभाबाट कम्पनीकाे आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गरिनेछ । 

कम्पनीले ७ लाख ५० हजार कित्ता आईपीओ निष्कासन गर्न यसअघि नै सानिमा क्यापिटललाई नियुक्त गरिसकेको छ ।

कम्पनीले गत आर्थिक वर्षकोे नाफाबाट सेयरधनीहरुलाई बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि सभामा पारित गरिनेछ । सभा कम्पनीको रजिष्टर्ड कार्यालय तीनकुने, काठमाडौंमा, दिउँसो १ बजेदेखि सुरु हुनेछ ।