सार्वजनिक खरिद नियमावली १३औं संशोधन राजपत्रमा

सार्वजनिक खरिद नियमावली १३औं संशोधन राजपत्रमा


ग्लोब नेपाल
648
Shares

काठमाडौं । सार्वजनिक खरिद नियमावली १३औं संशोधन राजपत्रमा प्रकाशित भएको छ । निर्माण व्यवसायी महासंघको मागअनुसार तत्कालीन सरकारले सार्वजनिक खरिद नियमावली १३ औं संशोधन गरेको हो । नियमावली राजपत्रमा प्रकाशित भएसँगै कार्यान्वयनमा आएको छ ।

यो नियमावली संशोधन भएपछि निर्धारित अवधिको कार्यसम्पादन जमानत, बीमा र पेस्कीसम्बन्धी जमानत तथा भन्ने झिकिएको छ भने खरिद सम्झौता अवधि थपसम्बन्धी विशेष व्यवस्था गरिएको छ ।

यो नियमावली प्रारम्भ हुँदाको बखत प्रचलित कानुनबमोजिम म्याद थप भई चालू रहेका वा म्याद सकिएका वा म्याद थप हुन नसकेका तर खरिद सम्झौता बमोजिमको काम चालू रहेका खरिद सम्झौतामा डिजाइन परिमार्जन भएको, बजेट अपुग भएको, निर्माणस्थलको उपलब्धता हुन नसकेको, समयमा भुक्तानी हुन नसकेको, निर्माण सामाग्रीको अभाव भएको वा निर्माणस्थलमा प्राकृतिक विपद् परेकोलगायतका कारणबाट सम्झौताबमोजिमको अवधिभित्र सम्पन्न हुन नसकेका वा काम सम्पन्न हुन सक्ने अवस्था नदेखिएका खरिद सम्झौताका हकमा त्यस्ता आयोजनाको निर्माण व्यवसायीले पेस गरेको कार्यतालिका बमोजिमको कुन कुन काम के कस्तो कारणले हुन नसकेको हो सोको पुष्टयाइँ र कार्य सम्पन्न गर्न लाग्ने अवधि खुलाइए संशोधित कार्यतालिका तथा म्याद थपका कारण थप आर्थिक दाबी नगर्ने प्रतिबद्धतासहित यो नियम जारी भएको मितिले ३० दिनभित्र निवेदन दिएमा उक्त कार्य सम्पन्न गर्न लाग्ने वास्तविक थप अवधि यकिन गरी तथा कार्यसम्पादन जमानत, बिमा र पेश्की सम्बन्धी जमानतको अवधि कायम रहेको सुनिश्चित गरी बोलपत्र स्वीकृत गर्ने अधिकारीले म्याद थप गर्न सक्नेछ ।