ठुटो म चुरोटको

ठुटो म चुरोटको



पहिलो चोटी मेरो दर्शन भएमा
गरिदिनु टाढैबाट अपवाद !
यसो गर्दा तिमीलाई थाहै हुँदैन
मेरो धुवाँको त्यो अनौठो स्वाद !

साथीभाइले उकासे पनि
दृढ भइ मलाई तिमी पन्छाउनु !
सही कुरालाई अपनाउनु पर्दा
कहिल्यै पनि नडराउनु !

तान्नै थालिसके पछि त
गाह्रो हुनेछ त्याग्न मलाई !
बेलैमा बुद्धि पुर्‍याउ है साथी
यसैमा हुनेछ तिम्रो भलाई !

नशामा विष र फोक्सोमा जाली
फैलिनेछ यसको लतले ठूलो तुँवालो !
भन्नेलाई सजिलो, त्याग्नेलाई पहाड
कठिन होला नै चढ्नलाई त्यो ठूलो उकालो !

सानो सानो पाइला चालेरै
मनोबललाई बलियो बनाउ है तिमी !
धुम्रपान स्वास्थ्यको लागि हानिकारक छ
यो कुरा सधैं दिमागमा टाँस नै तिमी !
हालः बेलायत