पोल्यान्डका पूर्वराष्ट्रपति लेच वलेसाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको पत्रमा के छ ?

पोल्यान्डका पूर्वराष्ट्रपति लेच वलेसाले अमेरिकी राष्ट्रपति ट्रम्पलाई लेखेको पत्रमा के छ ?



प्रिय राष्ट्रपति महोदय,
हामीले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँगको तपाईंको संवादको रिपोर्ट डर र घृणासाथ हेरेका छौं । संयुक्त राज्य अमेरिकाबाट युक्रेनलाई प्राप्त सैन्य सहायताप्रति तपाईंले सम्मान र आभार देखाउन अपेक्षा गर्नु नै हामीलाई युक्रेनप्रति अपमानजनक भएको लाग्छ । आभार त युक्रेनी सैनिकहरूलाई दिने हो, जसले स्वतन्त्र संसारका मूल्यहरूको रक्षा गर्नको लागि रगत बगाएका छन् । ती मूल्यहरूको र युक्रेनको स्वतन्त्रता जसलाई पुटिनको रुसले आक्रमण गरेको छ, त्यसको रक्षा गर्नको लागि उनीहरू युद्धको अग्रभागमा ११ वर्षभन्दा बढी समयदेखि लडिरहेका छन् । हामी बुझ्न सक्दैनौं कि स्वतन्त्र संसारको प्रतीक बनेको एउटा देशको नेता कसरी यो पहिचान गर्न सक्दैन् ।

हाम्रो चिन्ता अझै बढ्यो जब हामीले ओभल अफिसमा यो संवादको वातावरणलाई देख्यौं, जुन हामीलाई कम्युनिस्ट अदालतमा भएका बहस र सुरक्षा सेवाहरूले गरेका प्रश्नहरूको सम्झना दिलायो । अभियोजक र न्यायाधीशहरूले जसको हातमा सम्पूर्ण शक्ति थियो भने हामीसँग केही थिएन भन्ने कुरा स्पष्ट गर्दै भनेका थिए । उनीहरूले हामीलाई हाम्रो गतिविधिहरू रोकेर उनीहरूलाई सहयोग नगरेको भने । हजारौं निर्दोष व्यक्तिहरू हाम्रो कारणले दुःख भोगिरहेको भन्ने आरोप लगाएका थिए । हामीलाई हाम्रो स्वतन्त्रता र नागरिक अधिकारहरूबाट वञ्चित पारेका थिए । किनकि हामीले सरकारसँग सहकार्य गर्न इन्कार गरेका थियौं । हाम्रो दमनको लागि आभार प्रकट गरेका थियौं । यसै तरिकाले राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई व्यवहार गरिएको देखेर हामी अचम्भित भएका छौं ।

बीसौँ शताब्दीको इतिहासले देखाउँछ कि जब संयुक्त राज्य अमेरिकाले लोकतान्त्रिक मूल्यहरू र आफ्ना युरोपेली मित्रहरूसँग दूरी बनाउन चाह्यो, यसले अन्ततः आफूलाई नै खतरामा पु-यायो । राष्ट्रपति वुड्रो विल्सनले १९१७ मा बुझे र उनले फैसला गरे, संयुक्त राज्य अमेरिका पहिलो विश्वयुद्धमा सामेल हुनुपर्छ । राष्ट्रपति फ्र्यान्कलिन डेलानो रूजवेल्टले १९४१ को डिसेम्बरमा पर्ल हार्बरमा आक्रमणपछि यो बुझे कि प्रशान्त महासागरमा मात्र होइन अमेरिका र युरोपका राष्ट्रहरूलाई बचाउन युद्ध लड्नुपर्छ ।

रोनाल्ड रिगनको महानता एक अंशमा यस्तो थियो कि उनले सोभियत संघलाई “दुष्ट साम्राज्य” भनेर सम्बोधन गर्न र यससँग दृढतासाथ लड्ने निर्णय गरे । हामीले जित्यौं, र आज राष्ट्रपति रोनाल्ड रिगनको मूर्ति वार्सामा उभिएको छ, जुन अमेरिकी दूतावासको मुखमा छ ।

हामीलाई याद छ, राष्ट्रपति रोनाल्ड रिगन र अमेरिकाको आर्थिक प्रतिबद्धता बिना सोभियत साम्राज्यको पतन सम्भव हुने थिएन । लाखौं गुलाम बनाएका व्यक्तिहरू सोभियत रुस र यसले अधीनमा राखेका राष्ट्रहरूमा दुःख भोगिरहेका छन् भन्ने राष्ट्रपति रिगनले पहिचान गरेका थिए । जसमा हजारौं राजनीतिक कैदीहरू पनि थिए, जसले लोकतान्त्रिक मूल्यहरूको रक्षा गर्दा आफ्नो स्वतन्त्रतासँग मूल्य चुकाएका थिए । उनको महानता एक अंशमा यस्तो थियो कि उनले सोभियत संघलाई “दुष्ट साम्राज्य” भनेर सम्बोधन गर्न र यससँग दृढतासाथ लड्ने निर्णय गरे । हामीले जित्यौं, र आज राष्ट्रपति रोनाल्ड रिगनको मूर्ति वार्सामा उभिएको छ, जुन अमेरिकी दूतावासको मुखमा छ ।

राष्ट्रपति महोदय, युक्रेनको स्वतन्त्रता, युरोप र सम्पूर्ण स्वतन्त्र संसारको मुक्तिको लागि रगत बगाउने मूल्यसँग अमेरिकाको भौतिक सहायता—सैन्य र आर्थिकसँग तुलना हुन सक्दैन । मानवीय जीवन अनमोल छ; यसको मूल्य पैसामा मापन गर्न सकिँदैन । आभार तिनीहरूलाई प्रकट गरिनुपर्छ जसले रगत र स्वतन्त्रता बलिदान दिएका छन् । यो हाम्रो लागि स्वाभाविक कुरा हो, हामी ऐक्यबद्धताका मानिसहरू, सोभियत रुसको कम्युनिस्ट शासनका पूर्व राजनीतिक कैदीहरुका लागि ।

हामी संयुक्त राज्य अमेरिकालाई १९९४ को बुडापेस्ट सम्झौतामा गरिएका ग्यारेन्टीहरूलाई पालना गर्न आह्वान गर्दछौं, जसले युक्रेनको क्षेत्रीय अखण्डता रक्षाका लागि प्रत्यक्ष दायित्व स्थापित गरेको थियो । यसको बदलामा युक्रेनले न्युक्लियर हतियारहरू त्यागेको थियो । यी ग्यारेन्टीहरू अपूरणीय छन् कि त्यहाँ यस सहायतालाई आर्थिक लेनदेनको रूपमा लिने कुरा कहीँ उल्लेख भएको छैन ।

लेच वलेसा, पूर्वराजनीतिक बन्दी, पूर्वराष्ट्रपति पोल्याण्ड