राष्ट्र बैंकको निर्देशन : हरेक एटीएममा अब जिम्मेवार कर्मचारीको सम्पर्क नम्बर अनिवार्य

राष्ट्र बैंकको निर्देशन : हरेक एटीएममा अब जिम्मेवार कर्मचारीको सम्पर्क नम्बर अनिवार्य



काठमाडौँ । अब एटीएम बिग्रियो भने बैंक जानु पर्ने झन्झट घट्नेछ। राष्ट्र बैंकले मंगलबार जारी गरेको निर्देशनअनुसार, अब प्रत्येक एटीएममा, एटीएम हेर्ने जिम्मेवार कर्मचारीको नाम र सम्पर्क नम्बर अनिवार्य रूपमा टाँस्नुपर्नेछ। यो जानकारी नेपाली र अङ्ग्रेजी दुवै भाषामा स्पष्ट रूपमा उल्लेख गरिएको हुनुपर्ने छ ।

राष्ट्र बैंकले सबै बैंक र वित्तीय संस्थाहरूलाई यस्तो सम्पर्क सहजता कायम गर्न निर्देशन देएको हो , जसले एटीएम प्रयोगकर्तालाई तुरुन्त सहयोग मिल्नेछ ।

यसबाट के फाइदा हुन्छ? यदि तपाईंको पैसा फस्यो, कार्ड अड्कियो, वा एटीएम नै चल्न छाड्यो भने सोझै त्यही नम्बरमा फोन गरेर सहायता लिन सक्नुहुनेछ।

त्यस्तै, एटीएममा प्राविधिक समस्या देखिएमा बैंकले तुरुन्तै सूचना त्यही एटीएमको स्थानमा टाँस्नुपर्ने व्यवस्था पनि राष्ट्र बैंकले स्पष्ट पारेको छ।

राष्ट्र बैंकको यो नयाँ कदमले ग्राहक सेवा सहज बनाउने, विश्वास बढाउने, र समस्या समाधानमा गति ल्याउने विश्वास गरिएको छ।