काठमाडौं । सेयर बजार आज दोहोरो अंकले घटेको छ । साताको पहिलो दिन आइतबार बजार परिसूचक १२.५३ अंक घटेको हो ।
योसँगै २६४९.११ अंकमा कायम भएको छ । आज बजारमा १० अर्ब २० कारेड रुपैयाँ बराबरको कारोबार भएको छ ।
बजारमा आज ८२ कम्पनीको मूल्य बढ्दा १६४ वटा कम्पनीको मूल्य घटेको छ ।
क्षेत्रगत रुपमा होटल तथा पर्यटन, विकास बैंक, जीवन बीमा, निर्जीवन बीमा र व्यापारमूलकको समूहको परिसूचक बढ्दा बाँकी सूचक घटेका छन् । होटल तथा पर्यटन क्षेत्रमा सर्वाधिक ६.५० प्रतिशतले बढेको छ । फाइनान्स समूह सबैभन्दा धेरै ३.७२ अंकले घटेको छ ।
प्रतिक्रिया