शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे

शेयर बजार आज पनि दाेहाेराे अङ्कले घट्याे



काठमाडौं । लगातार चौथो कारोबार दिन सेयर बजार घटेको छ । बुधबार बजारको परिसूचक नेप्से १३.९६ अंक घटेको हो । योसँगै नेप्से २६२० अंकमा कायम भएको छ ।

नेप्सेसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ९ अर्ब ६३ करोडको कारोबार भएकोमा आज ८ अर्ब ७३ करोडको भयो । ६२ कम्पनीको मूल्य बढ्दा १८३ को घट्यो भने एउटाको स्थिर रह्यो ।