हप्ताभरि नै घट्यो शेयर बजार

हप्ताभरि नै घट्यो शेयर बजार



काठमाडौं । शेयर बजार यो हप्ताभरि नै घटेको छ । शेयर बजार परिसूचक नेप्से कारोबार हुने अन्तिम दिन आज बिहीवार ८. ४१ अङ्कले घटेर २ हजार ६ सय ११. ८५ विन्दुमा झरेको छ ।

हप्ताको पहिलो दिन आइतवार नेप्से १२.५३, मङ्गलवार १४. ८७ र बुधवार १३. ९३ अङ्कले घटेको थियो ।

आज कर्पोरेट विकास बैंकको शेयर सबैभन्दा धेरै साढे ८ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेको दिन ओम मेगाश्री फर्मास्युटिक्लस कम्पनीको शेयर भने १० प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ८ अर्ब ७३ करोडको कारोबार भएकोमा आज ३ सय २० वटा कम्पनीका १ करोड ७४ लाख कित्ता शेयर ७ अर्ब ८ करोड रुपैयाँमा किनबेच भएको छ ।