काठमाडौं । शेयर बजार लगातार दोस्रो दिन घटेको छ। सोमबारको कारोबारमा नेप्से परिसूचक ५.२१ अङ्कले घटेर २,६७४.७६ विन्दुमा झरेको छ।
दिनको सुरुवातमा (प्रि–ओपनिङ) चरणमा नेप्से ३२.७० अङ्कले बढेको थियो, तर कारोबारको अन्त्यतिर बजारमा गिरावट आएको हो।
मौद्रिक नीतिको समीक्षाले शेयर कर्जाको जोखिमभार १२५५ बाट १००५ मा झारेको भए पनि लगानीकर्ताको मनोबलमा सुधार आएको देखिएन।
आज माइक्रोफाइनान्स समूह सबैभन्दा बढी—साढे १५ ले ओरालो लागेको छ। गुराँस लघुवित्तको शेयर १०५ ले घटेर सबैभन्दा बढी घाटी ब्यहोरेको छ, जबकि ओम मेगाश्री फर्मास्युटिकल्सको शेयर भने १०५ ले बढेको छ।
कुल कारोबार रकम पनि केही घटेको छ आज ७ अर्ब ५८ करोड रुपैयाँ बराबरको ३३७ कम्पनीका १ करोड ७१ लाख कित्ता शेयर किनबेच भए।


प्रतिक्रिया