काठमाडौं । शेयर बजार आज सामान्य बढेको छ । हिजो र अस्ति घटेको शेयर बजार परिसूचक नेप्से आज शून्य दशमलव ८५ अङ्कले बढेर २ हजार ६ सय ७५ दशमलव ६२ विन्दुमा पुगेको छ ।
आज फाइनान्स, होटल, लगानी, बीमा, माइक्रोफाइनान्स र अन्य बाहेक सबै समूहको शेयर सामान्य बढेकोमा विकास बैंक समूहको शेयर भने डेढ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ ।
आज कारोबार रकम घटेको छ । हिजो ७ अर्ब ५८ करोडको कारोबार भएकोमा आज ३ सय १८ वटा कम्पनीका १ करोड ४२ लाख कित्ता शेयर ६ अर्ब ५२ करोड रुपैयाँमा किनबेच भएको छ ।


प्रतिक्रिया