शेयर बजारमा ५.९९ अंकको गिरावट, कारोबार रकम ७ अर्ब

शेयर बजारमा ५.९९ अंकको गिरावट, कारोबार रकम ७ अर्ब



काठमाडौं । हप्ताको अन्तिम कारोबार दिन आज शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ५ दशमलव ९९ अङ्कले घटेर दुई हजार छ सय ४० दशमलव ९६ विन्दुमा झर्यो ।

आज ओम मेगाश्रीको शेयर झन्डै १० प्रतिशतले घटेको छ । समग्रबजार बजार घटेको दिन आज रिभर फल्स पावर कम्पनीको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।

अरू चार वटा कम्पनीको शेयर ९ प्रतिशत भन्दा धेरै बढेको छ । आज नेप्से घटे पनि कारोबार रकम भने बढेको छ । हिजो पाँच अर्ब १६ करोड रुपैयाँको कारोबार भएकोमा आज सात अर्ब ९७ करोड रुपैयाँ भन्दा धेरैको शेयर किनबेच भयो ।