काठमाडौं । हप्ताको पहिलो दिन शेयर बजार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आज करिब ११.०६ अंकले तल झरेर २६२९.८९ विन्दुमा आइपुगेको छ।
आज होटल र जलविद्युत् बाहेक सबै क्षेत्रका शेयर मूल्यमा कमी आएको छ। बैंक समूहमा १.०५ प्रतिशतले शेयर मूल्य घटेको देखियो।
विशेषगरी, ओम मेगाश्री फर्मास्युटिकल्स कम्पनीको शेयर १० प्रतिशतले भारी गिरावटमा थियो।
नेप्से घट्दा पनि कारोबार रकममा वृद्धि भएको छ। विगत बिहीवार ७ अर्ब ९७ करोड रुपैयाँको कारोबार भए तापनि आज ३१३ कम्पनीका लगभग १ करोड ९९ लाख कित्ता शेयर ९ अर्ब १३ करोड रुपैयाँमा कारोबार भएका छन्।


प्रतिक्रिया