घट्यो शेयर बजार

घट्यो शेयर बजार



काठमाडौं । लगातार दुई दिन दोहोरो अङ्कले बढेको शेयर बजार आज दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १३.६९ अङ्कले घटेको छ । नेप्से परिसूचक दुई हजार छ सय ६४ दशमलव ४७ बिन्दु कायम भएको छ ।

आज कारोबार रकम पनि हिजोको तुलनामा घटेको छ । हिजो १० अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज नौ अर्ब ९० करोडभन्दा धेरैको कारोबार भयो । आज कारोबार भएका ७७ कम्पनीको मूल्य बढ्दा एक सय ७० वटाको घट्यो ।