काठमाडौँ। आज पनि शेयर बजार ओरालो लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज ९.०८ अङ्कले घटेर २,६५५.३८ विन्दुमा पुगेको छ।
बजार घट्ने क्रममा फाइनान्स, होटल, जलविद्युत् र म्युचुअल फन्ड बाहेकका सबै उपसमूहहरूमा गिरावट देखिएको छ। विशेषगरी, विकास बैंक र व्यापार समूहका शेयरमा करिब १ प्रतिशतको कमी आएको छ।
आज सबैभन्दा धेरै गिरावट गुँरास लघुवित्त कम्पनीको शेयरमा देखिएको छ, जुन करिब १० प्रतिशतले घटेको हो। यद्यपि समग्र बजार ओरालो लागे पनि प्योर इनर्जी कम्पनीको शेयर भने १० प्रतिशतले उकालो लागेको छ।
बजार घटे पनि कारोबार रकममा भने उल्लेख्य वृद्धि देखिएको छ। अघिल्लो दिन ९ अर्ब ९० करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३११ वटा कम्पनीका २ करोड ८६ लाख कित्ता शेयर किनबेच भएर कुल कारोबार १२ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
प्रतिक्रिया