नेप्से सूचक थोरै बढ्यो, कारोबार रकममा गिरावट

नेप्से सूचक थोरै बढ्यो, कारोबार रकममा गिरावट



काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजारमा सानो उतारचढाव देखिएको छ । नेप्से सूचक ०.४७ अंकले बढेर २,६५५.८५ विन्दुमा पुगेको छ । विकास बैंक, जलविद्युत्, उत्पादन, निर्जीवन बीमा र व्यापार बाहेकका अन्य समूहहरूको शेयरमा गिरावट आएको छ । उत्पादन समूहको शेयर मूल्यमा झण्डै १.५५ वृद्धि भएको छ ।

ग्रीन डेभलपमेन्ट बैंक, प्योर इनर्जी, र छ्याङ्दी हाइड्रोपावर कम्पनीका शेयरहरू १०५ ले बढेका छन् । विपरित, नेपाल हाइड्रो डेभलपर्सको शेयर सबैभन्दा धेरै अर्थात् ४.४३५ ले घटेको छ ।

कारोबार रकममा पनि गिरावट देखिएको छ । अघिल्लो बिहीबार १२.५१ अर्ब रुपैयाँ बराबरको कारोबार भए पनि आज ३०८ कम्पनीका २.५३ करोड कित्ता शेयर मात्र ११.४४ अर्ब रुपैयाँमा किनबेच भएका छन् ।