काठमाडौँ । नेपाल शेयर बजार (नेप्से) सूचक आज एकैदिन २४.७६ अंकले घटेर २,६२८.९१ विन्दुमा झरेको छ।
अघिल्लो दिन सामान्य गिरावट देखिएको बजार आज सर्वाधिक गिरावटसहित बन्द भएको छ। बजारका सबैजसो समूहहरू ओरालो लागेका छन्, जसमा व्यापार समूह विशेष रूपमा २ प्रतिशतभन्दा बढीले घटेको छ।
त्यस्तै विकास बैंक, जलविद्युत्, उत्पादन, लघुवित्त र अन्य समूहहरू पनि १ प्रतिशतभन्दा बढीको गिरावटमा छन्।
कम्पनीगत हिसाबले हेर्दा, प्योर इनर्जी, रसुवागढी हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीका शेयरहरूमा १० प्रतिशतको गिरावट आएको छ। यद्यपि, पञ्चकन्या माई हाइड्रोपावरको शेयर भने आजको दिनमा झन्डै १० अंकले वृद्धि भएको छ।
बजार घटे पनि कारोबारमा भने उछाल आएको छ। अघिल्लो दिन ७ अर्ब ६५ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने आज ३१४ वटा कम्पनीका २ करोड ९४ लाख कित्ता शेयर किनबेच भई ११ अर्ब २३ करोड रुपैयाँ पुग्न सफल भएको छ।
प्रतिक्रिया