नेप्से ०.२२ अंकले घटेर २६०० मा

नेप्से ०.२२ अंकले घटेर २६०० मा



काठमाडौँ । हिजो थोरै उकालो लागेको शेयर बजार आज स्थिर देखिएको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) सूचक आज ०.२२ अंकले घटेर २,६००.५३ विन्दुमा झरेको हो।

बैंक, लगानी, उत्पादन, लघुवित्त र म्युचुअल फन्ड बाहेकका अन्य समूहमा शेयरको मूल्य घटेको छ। कुल १४२ वटा कम्पनीको शेयर घट्दा १०७ कम्पनीको शेयर बढेको देखिएको छ।

आज कारोबार रकम पनि घटेको छ। हिजो ६ अर्ब ४७ करोड रुपैयाँको कारोबार भएको थियो भने आज ३१६ कम्पनीका १ करोड ३८ लाख कित्ता शेयर किनबेच भई जम्मा ५ अर्ब ७६ करोड रुपैयाँको कारोबार भएको छ। लगातार ३ दिनदेखि कारोबार रकममा गिरावट आएको छ।