नेप्से ९ अंकले उकालो

नेप्से ९ अंकले उकालो



काठमाडौँ । हिजो दोहोरो अंकले वृद्धि भएको शेयर बजार आज पनि सकारात्मक देखिएको छ, नेप्से परिसूचक ९.१९ अंकले बढेर २,६३१.४८ विन्दुमा पुगेको छ।

आज फाइनान्स, होटल, जलविद्युत् र अन्य समूहबाहेक सबै समूहको शेयर मूल्य बढेको छ, जसमा उत्पादन समूहको शेयर १.६३ प्रतिशतले उकालो लागेको छ।

नेप्से वृद्धि भए पनि कारोबार रकममा भने कमी आएको छ। हिजो ७ अर्ब १२ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३१८ वटा कम्पनीका १ करोड ४१ लाख कित्ता शेयर मात्र ६ अर्ब ३८ करोड रुपैयाँमा किनबेच भएका छन्।