नेप्से सूचक पाँच दिन लगातार उकालो, आज १०.९८ अंकले वृद्धि

नेप्से सूचक पाँच दिन लगातार उकालो, आज १०.९८ अंकले वृद्धि



काठमाडौँ । शेयर बजार लगातार पाँचौं दिन हरियाली देखाएको छ। नेप्से परिसूचक आज १०.९८ अंकले बढेर २,७०५.८१ विन्दुमा पुगेको छ।

आजको कारोबारमा अधिकांश उपसमूहको शेयरमा वृद्धि देखिएको छ। फाइनान्स उपसमूह सबैभन्दा बढी लाभमा रहँदा यसको सूचक ४ प्रतिशतभन्दा धेरैले उकालो लागेको छ। नेपाल फाइनान्स कम्पनीको शेयर मूल्यमा झन्डै १० प्रतिशतको बृद्धि भएको छ।

तर, होटल तथा पर्यटन, जलविद्युत्, लगानी, लघुवित्त र व्यापार उपसमूहको सूचकमा भने ओरालो लागेको छ।

उता, समग्र बजारमा सुधार देखिए पनि सप्तकोशी विकास बैंकको शेयर मूल्य १० प्रतिशतले घटेर नकारात्मक सर्किटमा पुगेको छ।

आजको कारोबार रकम भने अघिल्लो दिनको तुलनामा केही कम देखिएको छ। हिजो ९ अर्ब ७४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३११ वटा कम्पनीका २ करोड ४९ लाख कित्ता शेयर ९ अर्ब ६४ करोड रुपैयाँमा किनबेच भएका छन्।