काठमाडौँ । हप्ताको पहिलो दिन शेयर बजार सामान्य रूपमा बढेको छ। आज नेप्से परिसूचक २.४० अंकले वृद्धि भई २,७०६.३६ विन्दुमा पुगेको छ। यो लगातार छैटौं दिन नेप्से बढेको हो।
विकास बैंक, होटल, जलविद्युत्, बीमा र माइक्रोफाइनान्स समूह बाहेक अन्य सबै समूहको शेयरमा हरियाली देखिएको छ। अन्य समूह ३ प्रतिशतभन्दा बढीले उकालो लाग्दा फाइनान्स समूह झण्डै २.५ प्रतिशतले बढेको छ।
नेपाल फाइनान्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने गुडविल फाइनान्सको डिबेन्चर र ग्रीन विकास बैंकको शेयर साढे ८ प्रतिशतभन्दा धेरैले घटेको छ।
आज कुल ३१८ वटा कम्पनीका २ करोड ७१ लाख कित्ता शेयर किनबेच भएका छन्। कुल कारोबार रकम ९ अर्ब ५० करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो बिहीबारको ९ अर्ब ६४ करोडको तुलनामा थोरै कम हो।


प्रतिक्रिया