नेप्से सातौं दिन पनि उकालो, ५.१७ अंकले बढ्दै २,९७८.८८ विन्दुमा

नेप्से सातौं दिन पनि उकालो, ५.१७ अंकले बढ्दै २,९७८.८८ विन्दुमा



काठमाडौं । देशको शेयर बजार लगातार सातौं कारोबार दिन उकालो लागेको छ। आज नेप्से परिसूचक ५.१७ अंकले बढ्दै २,९७८.८८ विन्दुमा पुगेको छ।

बैंक, विकास बैंक, होटल, बीमा, माइक्रोफाइनान्स समूहबाहेक अन्य समूहमा हरियाली देखिएको छ। फाइनान्स समूहको शेयर मूल्यमा ३ प्रतिशतभन्दा बढीको वृद्धिले ध्यान खिचेको छ।

ट्रेड टावर र सान्भी इनर्जी कम्पनीको शेयरमा १० प्रतिशतको वृद्धि भएको छ भने भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयरमा ५ प्रतिशतभन्दा बढीको गिरावट आएको छ।

यद्यपि सूचक बढे पनि कुल कारोबार रकम भने अघिल्लो दिनको तुलनामा घटेको छ। हिजो २० अर्ब ८ करोडको कारोबार भएकोमा आज ३१९ कम्पनीका ४ करोड ४८ लाख कित्ता शेयर १९ अर्ब ५७ करोड रुपैयाँमा किनबेच भएका छन्।

बजार पूँजीकरणले भने नयाँ उचाइ छोएको छ। लगानीकर्ताको सम्पत्ति बढ्दै हालसम्मकै उच्च ४९ खर्ब ७० अर्ब ७६ करोड रुपैयाँ पुगेको छ।