काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ बाट बेपत्ता भएका एकै परिवारका १६ जनाको नाम सार्वजनिक भएको छ । प्रहरीका अनुसार बेपत्ता हुनेमा एक वर्षका बालकदेखि ५२ वर्षका महिलासम्म छन् ।
उर्मिला हायुको परिवारका १६ जना सदस्य आइतबार रातिदेखि बेपत्ता भएका हुन् । सम्पर्कविहीन भएकाहरूको खोजी तीव्र पारिएको छ ।
सिन्धुलीका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुषालले घटना रहस्यमय देखिएको बताए । मोबाइलको लोकेशन रामेछापतिर देखाएको र त्यसतर्फ इन्सपेक्टरको नेतृत्वमा प्रहरी परिचालन गरिएको भुषालले जानकारी दिए ।
याे पनि :
सिन्धुलीकाे गोलन्जोरबाट हराएको परिवार खोज्न रामेछापको हायु बस्तीमा पनि प्रहरी परिचालन



प्रतिक्रिया