काठमाडौं । शेयर बजारमा लगातार दोस्रो दिन पनि गिरावट देखिएको छ। नेप्से परिसूचक आज ३१.५० अङ्कले घट्दै २,९२२.६३ विन्दुमा झरेको छ। यसअघि हिजो बजार ४७ अङ्कले घटेको थियो। दुई दिनको अवधिमा नेप्से झन्डै ८० अङ्कले घटिसकेको हो।
आजको कारोबारमा फाइनान्स समूहबाहेक सबै समूहको सूचक ऋणात्मक रहे। व्यापार समूह सबैभन्दा बढी प्रभावित हुँदै करिब २.५ प्रतिशतले घट्यो। भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको शेयर मूल्य ७ प्रतिशतभन्दा धेरैले घटेको छ।
यद्यपि, बजार समग्रमा घटेको दिन पनि केही कम्पनीको प्रदर्शन सकारात्मक रह्यो। ट्रेड टावर र नेपाल फाइनान्स कम्पनीको शेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो।
कारोबार रकम पनि घट्दै गएको देखिएको छ। हिजो १६ अर्ब ४४ करोड रुपैयाँ बराबरको कारोबार भएकोमा आज ३१८ कम्पनीका ३ करोड ६८ लाख कित्ता शेयर मात्रै किनबेच भए, जसको कुल रकम १५ अर्ब ९८ करोड रुपैयाँ पुगेको छ।


प्रतिक्रिया