काठमाडौं। साताको तेस्रो दिन मंगलबार सेयर बजारमा तीव्र गिरावट आएको छ। कारोबारको अन्त्यमा नेप्से परिसूचक ४१.७८ अंकले घटेर २८३३.५७ विन्दुमा झरेको छ।
आज ३२५ कम्पनीका सेयरहरू कारोबार भए, जसमा १ लाख ३० हजार ९५३ पटकको लेनदेनमा २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर खरिदबिक्री भएका छन्। कुल कारोबार रकम ९ अर्ब ३३ करोड ३९ लाख ८८ हजार ४८१ रुपैयाँ पुगेको छ।
बजारमा आज ४६ कम्पनीको सेयर मूल्य बढ्दा २०४ कम्पनीको मूल्य घटेको छ।
समाज लघुवित्त र उन्नति सहकार्य लघुवित्तका सेयर मूल्यमा आज १० प्रतिशतको वृद्धि भएको छ।
त्यस्तै, आजको कारोबारमा हिमालयन रिइन्स्योरेन्स कम्पनीमा लगानीकर्ताको उच्च आकर्षण देखिएको छ।


प्रतिक्रिया