शेयर बजार लगातार दोस्रो दिन दोहोरो अंकले घट्यो

शेयर बजार लगातार दोस्रो दिन दोहोरो अंकले घट्यो



काठमाडौँ । शेयर बजार लगातार दोस्रो दिन दोहोरो अंकले घटेको छ। हिजो २७ अंकले ओरालो लागेको नेप्से परिसूचक आज थप २६ दशमलव २२ अंकले घटेर २७९६ दशमलव २४ विन्दुमा झरेको छ।

आज होटल समूह बाहेक सबै क्षेत्रका सेयर घटेका छन्। फाइनान्स समूहको सेयर मूल्य १ दशमलव ५३ प्रतिशत र माइक्रोफाइनान्स समूहको सेयर १ दशमलव ४९ प्रतिशतले कमि भएको छ।

विशेषगरी सिकलेस हाइड्रोपावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले तल झरेको छ। बजार घटेको दिन भने सिटी होटलको सेयर मूल्य १० प्रतिशतले बढेको छ।

आज कुल कारोबार रकम पनि घटेको छ। हिजो १० अर्ब २१ करोड रुपैयाँको कारोबार भएकोमा आज ३२३ कम्पनीका करिब १ करोड ७६ लाख कित्ता सेयर ६ अर्ब ९१ करोड रुपैयाँमा किनबेच भएका छन्।