नेप्से लगातार तेस्रो दिन ओरालो, तीन दिनमै ६४ अंकभन्दा बढी घट्यो

नेप्से लगातार तेस्रो दिन ओरालो, तीन दिनमै ६४ अंकभन्दा बढी घट्यो



काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लगातार तेस्रो दिन ओरालो लागेको छ। आज परिसूचक १०.५० अंकले घटेर २,७८५.७४ विन्दुमा पुगेको छ। पछिल्ला तीन कारोबारी दिनमा सूचकांक करिब ६४ अंकभन्दा बढीले घटिसकेको छ।

क्षेत्रगत सूचकहरूमा विकास बैंक, फाइनान्स, म्युचुअल फन्ड र अन्यबाहेक सबै उपसमूहमा गिरावट देखिएको छ। व्यापार समुहको सूचक मात्र करिब १.५%ले घटेको छ।

आजको कारोबारमा ‘कुमारी बैंक डिबेन्चर २०८६’ को मूल्य लगभग ९% भन्दा बढीले घटेको छ भने, बजार समग्रमा कमजोर रहे पनि ‘माया खोला हाइड्रोपावर’ को शेयर करिब ५.५% ले बढेको छ।

कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा कम भएको छ। हिजो ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको कारोबार भए पनि आज ३२१ कम्पनीका १ करोड ५८ लाख कित्ता शेयर ६ अर्ब १६ करोड रुपैयाँमा किनबेच भएका छन्।