काठमाडौँ। महिनाको पहिलो दिन शेयर बजार दोहोरो अङ्कले ओरालो लागेको छ। नेप्से परिसूचक आज २७.१४ अङ्कले घटेर २,७६१.२२ विन्दुमा पुगेको छ।
सबै समूहका शेयर घटेका छन्। व्यापार समूहको शेयर १.६४ प्रतिशत, अन्य समूहको १.३४ प्रतिशत र माइक्रोफाइनान्स समूहको शेयर १.३१ प्रतिशतले ओरालो लागेको छ।
आज सम्पदा लघुवित्त कम्पनीको शेयर ७ प्रतिशतले घटेको छ भने राष्ट्रिय वाणिज्य बैंक म्युचल फन्ड–१ को शेयर झन्डै ८ प्रतिशतले बढेको छ।
यद्यपि, नेप्से घटे पनि कारोबार रकम भने बढेको छ। बिहीबार ७ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३१७ कम्पनीका २ करोड ५ लाख कित्ता शेयर ७ अर्ब ७३ करोड रुपैयाँमा किनबेच भएका छन्।


प्रतिक्रिया