काठमाडौं ।नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक आज ९.७० अंकले घटेर २७६७.२० मा पुगेको छ। कारोबार रकम पनि अघिल्लो दिनको ५ अर्ब ६३ करोडभन्दा घटेर ५ अर्ब २० करोडमा सीमित भयो।
आज विकास हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेर प्रतिकित्ता ३२१.३० रुपैयाँ पुगेको छ। त्यस्तै, चन्द्रागिरि हिल्स ७.४२%, सगरमाथा जलविद्युत् ३.८४%, र विन्ध्यबासिनी हाइड्रोपावर ३.७४% ले मूल्य वृद्धि भएको छ।
पन्चकन्या माइ हाइड्रोपावरको मूल्य सबैभन्दा धेरै ९% घट्यो। अन्य घटेका कम्पनीहरूमा अपर स्याङ्गे हाइड्रोपावर ४.६%, अपर हेवाखोला ३.४%, र युनाइटेड इदी मर्दी ३.०९% ले मूल्य घटेको छ।
आज धेरै कारोबार भएका कम्पनीहरूमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, चन्द्रागिरि हिल्स, युनाइटेड मोदी हाइड्रोपावर, र राधि विद्युत् प्रमुख छन्।
क्षेत्रगत रूपमा, होटल तथा पर्यटन समूह २.०३% ले बढेको छ भने व्यापार समूह सबैभन्दा धेरै १.०६% ले घटेको छ।


प्रतिक्रिया